लगातार ६ कारोबार दिन बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३५ अङ्कले घटेर २ हजार ६ सय ८४ दशमलव ०१ विन्दुमा झरेको छ ।
आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७६ प्रतिशतले ओरालो लागेको छ ।
आज राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने साढे ६ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका १ करोड ९४ लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।




















