मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र विराटनगरमा दुर्घटना भएको हो ।  प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगममा सोमबार बिहान ४ः३५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले ढाटबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए । 

मोटरसाइकल डीभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवको मृत्यु भएको लम्सालले बताए । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।