तनहुँमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँको तथ्याङ्कमा यो सबैभन्दा धेरै बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएको पाइएको हो ।

सन् २०२५ को जनवरीदेखि जुनसम्मका आठ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् । इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको २१ वटा घटना भएकोमा सबैभन्दा बढी बलत्कार, बलत्कार प्रयास र यौन दुर्व्यवहारका सबैभन्दा धेरै आठ भएका हुन् । पीडित आठमध्ये चार जना बालिका रहेको भट्टराईले जानकारी दिनुभयो । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तकमा उल्लेख गरिने भएका छन् । आठै वटा मुद्दाको फैसला भएको छैन ।

यसैगरी, सो अवधिमा हत्यका चार, कुटपिटरधम्की र दुर्व्यवहार चार, विद्यार्थी कुटपिटका चार, मानव बेचबिखनाका चार र सम्पत्ति क्षतिमा एक गरी २१ वटा घटना भएको इन्सेक तनहुँले जनाएको छ । पीडित हुनेमा महिला बढी छन् ।महिलाको सङ्ख्या १४ र पुरुषको सङ्ख्या सात रहेको तथ्याङ्कमा उल्लेख छ ।