मोरङको रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको हो ।
गाेली चलाएकाे प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेकाे छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिलालाई पक्राउ गरेको हो । भारतीय महिलाको पहिचान खुलेको छैन ।




















