चितवनमा सेफ्टी ट्यांकीमा खस्दा महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको हो । घरनजिकैको सेफ्टी ट्यांकीमा शनिबार ९असार २१० खस्दा घाइते भएकी उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपचारका क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । रासस




















