देशभर आज  आंशिकदेखि साधारणतया बदली बादलरवर्षाको पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आइतबार बिहान जारी बुलेटिनमा उल्लेख छ, “देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।”

यस दिन राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीरधेरै भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारीरधेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् डेविड ढकालले धेरै वर्षाको सम्भावना दिउँसोभन्दा राति बढी रहेको जानकारी दिए । अरू केही मौसमविद्ले पनि आज बेलुकारराति पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।