देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार मूर्ति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं। २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्धारमा उक्त सिंहद्वार निर्माण गरिएको छ । निर्माण गरिएको सिंहको प्रतिमूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।