जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुलीको दूधौली नगरपालिका(१२ घर भई काठमाडौंको नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका(७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।