देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
-मोरङ, उर्लाबारी नगरपालिका(८ छड्के टोल बस्ने १८ वर्षीया कोक्मा नाल्बो लिम्बु आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
-इलाम, माई नगरपालिका(५ कालिखोला बस्ने ४५ वर्षीय ओम जर्गा मगर सोही नगरपालिका(४ कटेलटारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
-सर्लाही, धनकौल गाउँपालिका(२ सहनी टोल बस्ने ९० वर्षीय प्रेमलाल सहनी सोही गाउँपालिका(३ स्थित खोलामा शनिबार मृत अवस्थामा फेला पारेका छन् ।
-सुर्खेत, बराहताल गाउँपालिका(४ साजघाट रिङाउस्थित भेरी नदीको किनारामा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका(२ घर भएका २९ वर्षीय हिम बहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















