आँपलाई फलहरूको राजा भनेर चिनिन्छ। गर्मी याममा आँपको सिजन आउँछ र बजारमा थरीथरीका आँप पाइन्छन्। आँप स्वादिष्ट मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै फाइदाजनक छ। तर, हरेक कुरा सिमामा राम्रो हुन्छ। अत्यधिक आँप खानाले शरीरमा समस्या पनि निम्त्याउन सक्छ।

आम रूपमा दैनिक १–२ वटा पाकेको आँप खानु उपयुक्त मानिन्छ। यदि तपाईंको स्वास्थ्य ठिक छ र मधुमेह डाइबेटिज जस्तो समस्या छैन भने, दिनमा २ वटा साना वा १ ठुलो आँप खान सकिन्छ। यसरी खानाले भिटामिन, खनिज पदार्थ र फाइबरको मात्रा पर्याप्त मिल्छ। आँपमा भिटामिन, पोटासियम र एन्टिअक्सिडेन्ट हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

यदि धेरै आँप खानुभयो भने, पेटमा गर्मी बढ्न सक्छ, एसिडिटी, डाइरिया वा बान्ता हुन सक्छ। मधुमेह भएका व्यक्तिले आँप थोरै मात्रामा खानुपर्छ, किनभने यसमा प्राकृतिक चिनी ९फ्रक्टोज० बढी हुन्छ। एकैचोटि धेरै आँप खानुभन्दा दिनभरि सन्तुलन गरेर खानु राम्रो हुन्छ।

आँपले पाचन शक्ति पनि सुधार गर्छ। फाइबरका कारण कब्जियत पेट कडा हुनु हटाउँछ। यसले छालालाई चम्किलो बनाउँछ र आँखाका लागि पनि राम्रो हुन्छ। तर, एक दिनमा २–३ वटा भन्दा धेरै आँप लगातार खाँदा शरीरको तातो बढ्न सक्छ र घाँटी पोल्ने समस्या आउन सक्छ। त्यसैले, मध्यम परिमाणमा खाने बानी बसाल्नुपर्छ। सिजनमा ताजा आँप काँचो वा पकाएर, सलादमा राखेर वा स्मूदी बनाएर खान सकिन्छ। बिहानको खाना वा दिउँसोको खाजामा खाने गर्नुपर्छ। राति धेरै आँप खानाले अपच हुन सक्छ।

 दिनमा करिब १–२ वटा आँप खानाले शरीरलाई ऊर्जा, भिटामिन र आवश्यक पौष्टिक तत्व दिन्छ। बच्चादेखि वृद्धसम्म सबैले सिजनमा केही मात्रामा आँप खानुपर्छ। तर आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र मात्रा निर्धारण गर्नु राम्रो हुन्छ। आँप स्वादिलो र शक्तिदायक भएकाले सिजनमा यसको आनन्द अवश्य लिनुहोस्।