रुसले युक्रेनको राजधानी किभमाथि ड्रोन आक्रमण गरेको छ । रातभरि भएको भीषण आक्रमणपछि शुक्रबार बिहान किभको आकाश धुवाँको बादलले ढाकिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अँध्यारो हुँदै जाँदा हवाई रक्षा बन्दुक र ड्रोनको आवाजका साथै ठुलो विस्फोटको आवाज सुनिन थालेको युक्रेनले भनेको छ । रुसले रातारात ५५० वटा ड्रोन र ११ वटा मिसाइलले आक्रमण गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच फोन वार्ता भएको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । वार्तापछि ट्रम्पले युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न पुटिन तयार नभएकोमा आफू निराश भएको बताएका थिए । बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको भनेका थिए ।




















