सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई कमल खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

रास्वपाले रविमाथि पूर्वाग्रही तरिकाले सरकारले दुस्ख दिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । नेपालगन्जमा कार्यरत ट्राफिक सई खड्काले रविको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसपछि उनलाई प्रधान कार्यालय तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

‘‘संगठनको नीति निर्देशनविपरीत कार्य गरेको सूचनाका आधारमा प्रधान कार्यालय बोलाइएको हो । उनीमाथि छानबिन हुँदै छ,’’ उनले भने । लामिछानेलाई हाल रूपन्देही कारागारमा राखिएको छ ।