मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले जानकारी दिएकि छन् ।
व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिएकि छन् । ।




















