चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । गोहीको आक्रमणबाट उनको ज्यान गएको हो । यो बिहीबार असार १९ रातिको घटना हो । रत्ननगर नगरपालिका–८, चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनी बिहीबार राति एक साथीका साथ खोलामा माछा मार्न गएका थिए । रासस