इटहरी । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५५ वर्षीया कल्सी मेहता रहेको प्रहरीले जनाएको छ। मंगलबार साँझ घाँस काट्न गएका बेला अचानक सर्पले टोकेपछि उनी घाइते भएकी थिइन्। परिवारका सदस्यले तत्कालै उनलाई घर ल्याए पनि समयमै अस्पताल पुर्याउन नसकिएकाले बाटोमै उनको ज्यान गएको प्रहरीको भनाइ छ।
सर्पको डसाइपछि तत्काल उपचार नपाउँदा नेपालका ग्रामिण क्षेत्रमा वर्षेनी यस्ता दुःखद घटनाहरू दोहोरिने गरेका छन्। समयमै प्राथमिक उपचार र अस्पतालमा पु¥याउने व्यवस्था नहुँदा सर्पदंश घातक बन्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।




















