नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो । सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।




















