ललितपुरको ठैवमा सुधार गृहबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ । संगिनी वृहत सुधार गृहको दुई तले भवनको छतबाट हामफालेका २९ वर्षीय सोनु राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक( एसपी) चक्रराज जोशीले बताए ।
राई सुनसरीको रेल्टीचौरका स्थानीय हुन् । ललितपुरको ठैवमा राज कुमार गुरुङले सञ्चालन गरेको सुधार गृहमा उनी १३ दिनअघि मात्रै भर्ना भएका थिए । मंगलबार बिहान छतबाट हामफालेपछि उनलाई सुरुमा मेडिसिटी अस्पताल र त्यसपछि पाटन अस्पतालमा लगिएको सुधार गृहका सञ्चालक राजकुमार गुरुङले रातोपाटीलाई बताए ।
मृतकलाई लागुऔषध सिरिन्जको लत छुटाउन परिवारका सदस्यहरूले सुधार गृहमा भर्ना गरेका थिए ।




















