पोखराको आकाशमा मङ्गलवार दिउँसो हेलो वा आभामण्डल देखिएको छ। जानकारहरूका अनुसार सूर्य अथवा चन्द्रमाको प्रकाश २० हजार फीटभन्दा माथि रहेको बरफको टुक्राभित्र छिरेको अवस्थामा सूर्य वा चन्द्रमाको वरिपरि देखिने घेरा नै हेलो हो। 

यस अवस्थामा प्रकाशको किरण बरफ वा पानी वा प्रिजमभित्र छिर्छ र त्यस्तो अवस्थामा प्रकाशको किरण बाङ्गिने प्रक्रिया आवर्तन  रिफ्र्याक्शन र प्रकाश कुनै सतहमा ठोक्किएर फर्किने परावर्तन रिफ्लेक्शनका कारण यस्तो आभामण्डल बन्न पुग्ने वैज्ञानिकहरू बताउँछन्।  आकाशमा हुने पातलो बरफको तहमा सूर्य वा चन्द्रमाको किरण प्रवेश गर्दा उत्पन्न हुने यस्तो चम्किलो घेरा आक्कलझुक्कल मात्र देखिने गर्छन्।