बुद्धहाङ्ग लिम्बु

 इटहरी : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेबतीरमण भण्डारीले पछिल्लो समय मुसहर समुदायको क्षेत्रमा सरकारहरुले अपेक्षा अनुसार काम गर्न नसेको बताउनु भएको छ । इटहरीमा आज (आईतबार) आयोजित मुसहर समुदायका लागि न्यायमा पहुँच सम्बन्धी प्रदेश स्तरीय कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले भन्नुभयो,“अब म मुसहर हुँ भन्ने मानसिकता त्यागेर, म नेपाली हुँ भन्ने भावनाबाट अघि बढ्न जरुरी छ।”

मन्त्री भण्डारीले अव म दलित हुँ मुसहर हुँ भन्ने भावना हटाएर म नेपाली हुँ भन्ने भावनाबाट काम गर्न सके मात्रै मुसहर समुदायको विकास हुने बताउनुभयो । उहाँले,“पछील्लो समय मुसहर समुदायको शिक्षामा आकर्षण बढेको भन्दै यसलाई निरन्तरता दिन मन्त्री भण्डारीले जोडदिनु भयो । 

उहाँले भन्नुभयो,“मुसहर समुदायमा शिक्षा प्रतीको आकर्षण बढपनि अझै यो समुदायमा बालविवाह कायमै रहेको छ ।”उहाँले भन्नुभयो,‘यो समुदायमा १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने चलन हटेको छैन ।’ १८ वर्ष भन्दा कम उमेरका महिलाहरूले बच्चा जन्माउँदा जन्म दर्ता गर्न समस्या छ, जन्म दर्ता हुन नसक्दा नागरिकता बनाउन पनि समस्या छ । मन्त्री भण्डारीले भन्नुभयो, “अव मुसहर समुदायका अगुवाले बाल विवाह रोक्न काम थाल्नु पर्छ । शिक्षामा पनि ध्यान दिनु पर्छ ।”

कोशी प्रदेश सरकारले तराईमा बसोबास गर्ने मुसहर समुदाय तथा पछाडि पारिएको समुदायका लागि एक दिन न्यायमा पहुँच सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा नागरिकता बनाउन के के प्रक्रिया आवश्यक पर्छ ? कसरी नागरिकता बन्छ ? भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका शाखा अधिकृत केशव खतिवडाले सहभागीहरूलाई जानकारी गराउनु भएको छ ।  

कोशी प्रदेशमा बसोबास गर्ने ९० प्रतिशत मुसहर समुदायको अझै नागरिकता बनाउन समस्या छ । यसका लागि के के आवश्यक पर्छ ? के के प्रावधान अपनाउनु पर्छ भनेर जानकारी दिनका लागि नागरिकताका बियामा साक्षर बनाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।