नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं एक रहने बताएका छन्।
शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एमाले अहिले पनि एक रहेको र पछि पनि एक हुने बताएका हुन्। आज पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एमाले राजनीतिमा फर्कने घोषणा गर्ने आङ्कलनमा उनले यसै कार्यक्रममा एमाले ध्वस्त हुने भनेर सपना देख्नेप्रति लक्षित गरेर उक्त कुरा बताएका हुन्।
‘मैले यहाँ बम पट्काउँछु, विद्यादेवी भण्डारीले बम पट्काउँछन् यहीबाट एमाले ध्वस्त हुन्छ भनेर सपना देखेका छन्। यहाँ बम, बारुद, गोला केही पट्किनेवाला छैन’, उनले भने।




















