नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन माग गरेका छन् । 

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको बताए । 

यो कदम गलत रहेको भन्दै उनले ऐन, कानुन विपरीत खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे । 

सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्ने कुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे ।