ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा एक जना युवती मृत भेटिएकी छन् । मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । उनी  आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।

गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।