त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ । राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।
एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो । यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।




















