इजरायली आक्रमणबाट इरानमा ज्यान गुमाउनेको संख्या ५०० पुगेको छ । इरानमा इजरायलले आक्रमण थालेको जुन १३ यता ज्यान गुमाउनेको संख्या ५०० पुगेको हो । इरानको राष्ट्रिय टेलिभिजनका अनुसार, अहिलेसम्म झन्डै तीनहजार जना घाइते भएका छन् ।

इरानले लगाएको प्रतिबन्धका कारण इजरायली आक्रमणबाट भएको क्षतिबारे स्वतन्त्ररूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । युद्धलाई नजिकबाट हेरिरहेको एउटा मानव अधिकारवादी समूहले मृतकको संख्या झन्डै दोब्बरले बढी रहेको बताएको छ । बीबीसीबाट ।