रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार ९असार ८० साँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीका ५० वर्षीया गनेशा ओलीको मृत्यु भएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उनका अनुसार, घरमा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस भएकी थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याइएकामा चिकित्सकले गए राति मृत घोषणा गरेका हुन् । रासस




















