इजरायलले इरानको राष्ट्रिय टेलिभिजनमा गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ आईआरआईबीको मुख्यालयमा इजरायलले सोमबार गरेको आक्रमणमा एक समाचार सम्पादक र अर्का कर्मचारीको मृत्यु भएको हो ।

यसअघि, इरानका सञ्चारमाध्यमले आक्रमणमा कम्तीमा एकजना मारिएको बताएको थियो । प्रत्यक्ष प्रसारणमा देखिएमा दृश्यमा विस्फोटको आवाज सुनिएको र स्टुडियोको बत्ती निभेको देखिएको थियो । यस्तै, स्टुडियोमा भवनका भग्नावशेष खसिरहेको देखिन्थ्यो । आक्रमणको केही घण्टामै आईआरआईबीले प्रसारण पुनः थालेको बीबीसीले जनाएको छ।