वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष ०८२र८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये प्रदेशले चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको ३८.६ प्रतिशत हो । 

पुँजीगतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ६१।४ प्रतिशत हो । 

खर्च ब्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड चार लाख प्राप्त हुने अनुमान गरिएको छ ।