उदयपुरको बेलका नगरपालिका(५ मा रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । स्थानीय सन्जिव कार्कीको छोरी १७ वर्षिया दुर्गाकार्कीको करेन्ट लागेर शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगिका अनुसार आफ्नै घर नजिक रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाई रहेको अवस्थामा आफन्तले देखेपछि तत्काल उपचारको लागि अस्पताल लगिएको थियो । उनको शुक्रवार विहान ९:३० बजे मृत्यु भएको हो ।
अहिले मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक योगिले बताएका छन् ।




















