पोखरामा ,बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ढोरपाटन नगरपालिका वडा नम्बर ५ बतासेडाँडामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मृतकको परिचय भने खुल्न सकेको छैन ।  बुर्तिबाङबाट सहीखोला तर्फ जाँदै गरेको लु‍‍।प्र।०१–००१ च १७७५ नम्बरको पिकअप जिप ढोरपाटन–सालझण्डी सडकखण्डमा बाटोबाट खसेर दुर्घटना भएको हो।

जिपमा चालकसहित १४ जना सवार रहेका इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने ९ जनाको अवस्था सामान्य रहेको छ ।