इटहरी : इटहरी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण एक दिनको विदा दिने निर्णय गरेको छ। नगरपालिकाले आज (मंगलबार) सुचना सार्वजनिक गर्दै इटहरी क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भोली जेठ २८ गते (बुधबार)को दिन गर्मी विदा दिइएको हो।

तापक्रम अत्यधिक बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ भैरहेको र विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेपछी पालिकाले बिदा दिने  निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रबक्त दिवश पोख्रेलले बताउनुभयो ।