देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । बिहान सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकास भई दक्षिण–पूर्व दिशामा फैलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।




















