पोखरामा सोमबार बिहान एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । 

घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।