इटहरीः सप्तकोशी नदीको किनारमा मनसुन जन्य विपदको पूर्व तयारीका लागी आयोजना गरिएको प्रदेश स्तरीय विपद सिमुलेशन अभ्यासका क्रममा वेपत्ता अर्का सशस्त्र प्रहरीका जवान सुरज साउदको सव फेला परेको छ ।
विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई जवान जेठ २२ गते (बिहिबार) अपराह्न करिब ४ बजेतिर बेपत्ता भएका थिए ।
बेपत्ताहुनेमा झापा गौरादह नगरपालिका—८ का हरिदेव राजवंशी र डोटीको दिपायल सिंगडि नगरपालिका— ३ का सुरज साउद रहेका थिए ।
राजवंशीको शव दुईदिन अघी (शुक्रबार) नै कोशी व्यारेज पुलको ४ किमि दक्षिणपट्टि जोगिनिया पलार स्थित नदिको किनारमा फेला परेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले सुरज साउदको शव सप्तकोशी नदीको ब्यारेज पुलको ५५ नं. ढोकाको मुनी बालुवामा पुरिएको अवस्थामा आज (आईतबार) ११ः३० फेला पारेको सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनले,“घटनास्थल सुरक्षित राखिएको र थप कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।”




















