विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुईमध्ये एकजनाको शव फेला परेको छ । 

बेपत्ता दुईमध्ये सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोसी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 

हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । रासस