दुलारी युवा स्पोटीङ्ग क्लबको आयोजनामा सुन्दरहरैचामा यही असार १ गते देखी दोश्रो दुलारी कप नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । आयोजकले १ गते देखी १० गते सम्म चल्ने प्रतियोगीतामा १० वटा टिम सहभागस्हुने जानकारी दिएको छ ।
कार्यक्रम संयोजक बालकृष्ण रायमाझीले यो क्लवले बर्षभरी खेलकुदका गतिबिधि गर्ने गरेको बताएका छन् । उनका अनुसार खेलको विजेता टिमले ३० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले २० हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २ हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद ३ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।




















