पाकिस्तानको कराँचीको एक जेलबाट २०० भन्दा बढी कैदी भागेका पाकिस्तानी अधिकारीहरूले बताएका छन् । भूकम्पको झट्कापछि सुरक्षाका लागि कैदीहरूलाई जेलबाट बाहिर निकालिएको थियो ।

 भाग्न सफल भएका धेरै कैदीहरू तत्काल पक्राउ परेका, तर कम्तीमा १३० जना अझैसम्म पनि फरार भएको प्रहरीले मंगलबार बताएका छन् । प्रशासनले भागेकाहरूलाई पक्राउ गर्ने अभियान जारी राखेको अलजजिराले  जनाएको छ । प्रहरी अधिकारी काशिफ अब्बासीले एपी समाचारलाई बताएअनुसार मलिर जेलबाट राति भाग्न सफल २१६ कैदीमध्ये ७८ पक्राउ परिसकेका छन् । 

भागेका कैदीलाई पक्राउ गर्ने प्रयास गर्दा भएको गोलीप्रहारमा एक कैदीको मृत्यु भएको र तीन सुरक्षा अधिकारी घाइते भएका बताइएको छ ।