वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै १९ लाख असुलेर फरार भएको आरोप लागेकी एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई क्रोएसिया पठाउने भन्दै पटक-पटक गरेर १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।