केही दिनयता देशमा गर्मी बढेको छ । केही ठाउँमा दिनमा घाम लाग्ने, रातमा पानी पर्ने पनि भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार ९जेठ १८० इटहरी को अधिकतम तापक्रम ३४ ८ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६।४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री तापक्रम पुगेको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।