प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक घर भइ काठमाडौं महानगरपालिका–१२, टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भएका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका २५ वर्षीय विजय आलेमगर छन् ।
उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद १९ हजार ५०० रुपैयाँ बरामद गरिएको छ । गएको बिहीबार ९जेठ ८ गते० काठमाडौं महानगरपालिका–१४, बल्खुस्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।




















