नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले पत्रकार सँग अन्तरक्रिया गरेको छ ।
सुनसरीमा रहेका सञ्चारकर्मीहरूबीच हालको संचार जगत र उनीहरूको अवस्थाबारे प्रेस युनियन सुनसरीको शाखाको कार्यालय इटहरीमा आयोजित कार्यक्रमकामा विचारविमर्श गरिएको हो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले संचार माध्यमका चुनौती र समस्याको बारे छलफल गरेका थिए । कार्यक्रममा उपस्थीत सञ्चारीका समुहकी सुनसरी अध्यक्ष रञ्जना पौडेलले पत्रकारहरुले पाएका अवसरहरूको बारेमा चर्चा गर्दै वर्तमान समय अनुरुप सञ्चारकर्मी पनी बदलीन आबस्यक रहेको बताएकी छन् ।
त्यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका कोशी प्रदेश सचिव विनय वाह्कोटीले
पत्रकारका पेशागत संघ संगठनले रचनात्मक कार्यक्रम गर्नु पर्ने जिकिर गरे । उनले भने,“डिजिटल समयमा यसै अनुरुपका पत्रकार उत्पादनमा युनियन लाग्नु पर्छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष चेतन धमला, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी, फोनिज कोशी प्रदेशकी उपाध्यक्ष सुप्रिया राई, लगायतले आ—आफ्नो धारणा व्यक्त गरेका थिए।
विरामीलाई फलफूल वितरण, प्रभातफेरी लगायतका विविध गतिविधिहरू गरेर यो साता स्थापना दिवस मनाइने नेपाल प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्कीले जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनका सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष हर्ष सुब्बा प्रमुख अतिथि रहेका थिए।
नेपाल प्रेस युनियनले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, र यस प्रकारका कार्यक्रमहरू मार्फत सञ्चारकर्मीहरूको सञ्जाललाई मजबुद बनाउने प्रयास जारी राख्ने अध्यक्ष ध्रुव ढकालले बताएका छन् ।




















