अधिकांश फल काँचो खान सकिन्छ । कतिपय सब्जी पनि काँचो खान मिल्छ । के भनिन्छ भने, कुनैपनि खानेकुरा पकाउँदा वा उमाल्दा त्यसमा जति पौष्टिक तत्व हुन्छ, त्यो नष्ट हुन्छ । अझ त्यसलाई तारेर, भुटेर सेवन गर्दा फाइदा भन्दा बढी बेफाइदा गर्छ । यहि कारण पाचन तन्त्र पनि कमजोर हुन्छ । त्यसैले स्वस्थ्य शरीरका लागि भोजनमा काँचो आहार सामेल गर्नुपर्छ । यस्ता काँचो आहारले खानेकुरालाई राम्ररी पचाउन सहयोग गर्छ । साथै काँचो खानेकुरामा रहेको पोषक तत्वबाट शरीरमा भरपुर पोषण मिल्छ ।

१ .फलको खपत बढाउनुहोस्

अधिकांस फल काँचो खाद्य आहार हो र त्यो भिटामिनयुक्त ताजा फल हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । फलबाट पर्याप्त फाइबर मिल्छ र पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ ।

२.सागसब्जीको खपत बढाउनुहोस्

कति सब्जीलाई काँचो खान सकिन्छ । सब्जी मिनरल्सको राम्रो स्रोत हो । पत्तेदार सब्जीमा प्रोटिन अधिक पाइन्छ, जो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुनछ ।

३.पोषक तत्व

कतिपय खानेकुरा पकाउने क्रममा हामी धेरै मसला हाल्छौ । त्यही कारण उक्त खानेकुराको पोषक तत्व नष्ट हुन्छ । जबकी काँचो आहारमा शरीरलाई आवश्यक पोषक तत्व भरपुर हुन्छ । त्यसैले पकाएर खानुभन्दा, काँचो खानु फाइदाजनक हो ।

४. पाचन यन्त्र स्वस्थ्य

धेरैजसो पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुराले पाचन यन्त्रलाई खराब गर्छ । यदि भोजन पकाउनु भन्दा काँचो खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सहि राख्छ ।

५. मोटोपन कम गराउँछ

काँचो आहार खानाको पुरक हुन्छ र यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । अतः शरीरमा अतिरिक्त बोसो जम्दैन र मोटोपनको समस्या हुँदैन ।