ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा खोलाले बगाउँदा स्थानीय ५१ वर्षीया विष्णुमाया लिङदेनको मृत्यु भएको छ । मेहेलेस्थित फावाखोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा उनको शव फेला परेको हो । खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङदेनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए । प्रहरी चौकी साब्लाखुको टोलीले लिङदेनको शव फेला पारेको हो । रासस




















