स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  बुधबार तोलामा एकैदिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार १७ सय रुपैयाँ बढेको हो । 

छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।