सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो । 

फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण  केसी पक्राउ परेका थिए ।  सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।