झापा :हुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो ।  रासस