इटहरी । धरान उपमहानगरपालिकाले इटहरीमा जारी पहिलो सभापति कप अन्तर नगरस्तरिय फुटबल प्रतियोगिताको उपाधी जितेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा दुहबी नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधी जितेको । धरानलाई उपाधी जिताउन कप्तान तपन कार्कीले २ तथा सरुण श्रेष्ठले १ गोल गरे । खेलको म्यानअफ द म्याच धरानका तपन कार्की घोषित हुदै नगद २ हजार ५ सय रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरानका मदन लिम्बु घोषित भए । उनले ११ हजार पुरस्कार पाए । धरानका प्रबिण लिम्बु उत्कृष्ट गोलकिपर, तपन कार्की बेष्ट मिडफिल्डर, अर्जुन राई उत्कृष्ट प्रशिक्षक घोषित भए । दुहबीका अभिषेक गुरुङ बेष्ट फरवार्ड र भगवालाल माझी उत्कृष्ट डिफेन्स घोषित भए ।  उनीहरुले जनही नगद ५ हजार पुरस्कार पाए । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशले संयोजन गरेको प्रतियोगिताको बिजेता धरानले नगद १ लाख ११ हजार रुपैया पुरस्कार पाएको छ । उपबिजेता दुहबीले ५५ हजार रुपैया पुरस्कार हात पारेको छ । इटहरी फुटबल क्लबको आयोजनामा बैशाख २४ गतेदेखी सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका ८ पालिकाको सहभागीता थियो ।