नेपाल अमेरिकी पत्रकार संघ नेजा को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् । अमेरिकाको लास भेगासमा सम्पन्न आइतबार सम्पन्न संघको नवौँ महाधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
संघको उपाध्यक्षमा कल्पना घिमिरे चयन भएकी छन् भने महासचिवमा ईश्वरी न्यौपाने तथा कोषाध्यक्षमा झरना अधिकारी चयन भएका छन् । सचिवमा शंकर बहादुर थापा चुनिएका छन् ।




















