चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे ।
बेहुलाको पहिरनमा ठाँटिएका राहुल र बेहुली बनेकी उषा दुवै विवाह समारोहमा प्रफुल्ल देखिन्थे । दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका यी दुईले अहिले भने हिन्दू धार्मिक विधिअनुसार विवाह गरेका हुन् । विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र अमेरिकामा बसोबास गर्दै आएका कलाकर्मी उपस्थित रहे । मेरिल्याण्ड र न्यूयोर्कमा बसोबास गर्दै आएका चर्चित कलाकार विवाह समारोहमा पुगेका छन् ।




















