इटहरी : नेकपा (माओवादी)केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राम्रो गर्न खोज्दा खोज्दै आफ्नो नेत्रीत्वको सरकार परीवर्तन गराएको बताउनु भएको छ । आज (आईतबार) सुनसरीको धरानमा किरात र लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा नेपालले आयोजना गरेको संयुक्त राष्ट्रिय सम्मेलनको उद्धघाटन गर्दै अध्यक्ष प्रचण्डले फस्ने डरका कारण रातारात सरकार परिवर्तन भएको बताउनु भएको हो । 

उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानको भावना र मर्मलाई लात हान्नेर आफुपनि फसिने डरकै कारण माओवादी नेतृत्वको सरकार रातारात गिराईयो।” 

उहाँले पहिचानवादीहरु इङ्कित गर्दै भन्नुभयो,माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल हुँदैन“यदि माओवादी कमजोर भए, पहिचानको आन्दोलन पनि कमजोर हुनेछ,” 

उहाँले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर अघि बढेको जानकारी दिनुभयो । प्रचण्डले भन्नुभयो, “मैले बालुवाटारमा भए पनि  खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गर्दै आएको छु।”

उहाँले इतिहासमा ३० दलीय मोर्चा र २२ दलीय मोर्चामा माओवादीको योगदानको स्मरण गर्दै, “मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको कुरा याद गरौं,” भन्नुभयो । प्रचण्डले माओवादीको नेतृत्वमा पहिचानका लागि गरिएको आन्दोलनमा गम्भीर आत्मासमिक्षा गर्दै समाजवादको लक्ष्यका लागि अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले माओवादीलाई फेरि स्वीकार्न आग्रह गर्दै, पहिचानको आन्दोलनमा एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ ।