काठमाडौँको न्युरोडबाट प्रहरीले हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–२ घर भएर कोटेश्वर बस्ने विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएर कोटेश्वर बस्ने खेटराज श्रेष्ठ छन् ।
उनीहरूको साथबाट स्रोत नखुलेको ४२ लाख १० हजार बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । विशाल बजारबाट हुन्डीको रकम रिसिभ गरेर हिँडेको अवस्थामा उनीहरू शुक्रवार पक्राउ परेका हुन् । आरोपीहरूलाई हुन्डी सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।




















